हेटौंडाः जिल्ला प्रशासन कार्यालय मकवानपुरको नेतृत्वमा आज हेटौंडाका तीन वटा उद्योगको अनुगमन गरिएको छ ।
कोरोना संक्रमणको समयमा पनि मजदुरहरुलाई कसरी काममा लगाइएको छ भनेर अनुगमन गरिएको हो । मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको नेतृत्वमा हेटौंडाको चुरीयामाइमा रहेको रिद्धिसिद्धी सिमेन्ट उद्योग, एन्ट्राटीक बिस्कुट, आरएम केमीकल्स नेपालमा अनुगमन गरिएको हो ।
बिस्कुट उद्योग र साबुन उद्योगमा काम गरेका मजदुरले सामाजिक दुरी कायम नगरेको, स्वास्थ्य साबधानीमा ध्यान नदिएको र कोरोना संक्रमति मजदुरलाई आइसोलेसनमा राख्नुको सट्टामा घरमै पठाइएको पाइएको छ । अनुगमनमा प्रशासकिय अधिकृत देवचन्द्र गत्तौला लगायतको उपस्थिति रहेको थियो ।