खाद्यान्न सामाग्री सहयोग गर्दै मदन भण्डारी स्पोर्ट्स एकेडेमी मकवानपुर र मकवानपुर जिल्ला खेलकुद विकास समितिका पदाधिकारीहरु

हेटौंडाः मकवानपुरको भिमफेदी गाउँपालिकास्थित आईसोलेसनमा रहेका कोरोना संक्रमितहरुलाई खाद्यान्न सामग्री सहयोग गरिएको छ । २५ बेड क्षमता भएको आइसोलेशनमा उपचाररत बिरामीहरुलाई मदन भण्डारी स्पोर्ट्स एकेडेमी मकवानपुर र मकवानपुर जिल्ला खेलकुद विकास समितिले संयुक्त रुपमा खाद्यान्न सहयोग गरेको हो ।

संक्रमितहरुलाई २० कार्टुन पानी, १ कार्टुन तेल, ५ केजी मासु,५ बोरा चामल, १५० पिस बट्टाई चराको अण्डा, ५ केजि नुन, ५ केजि दाल, ५ केजि चिनी, १ केजि मसला, बेसार, चियापत्तीसहितका खाद्यान्न सामग्री प्रदान गरिएको छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमी मकवानपुरका सहसचिव अनिल अधिकारीको सभाध्यक्षतामा भएको कार्यक्रममा भिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाको प्रमुख आतिथ्य रहेको थियो ।

आईसोलेसनमा रहेका संक्रमितहरुको स्वास्थ्य अवस्था बुझ्दै गाउँपालिका अध्यक्ष हिदम लामाले संक्रमितहरुलाई नआत्तिन आग्रह गर्नुभयो । उच्च मनोबलको सहाराले कोरोनालाई परास्त गर्न सकिने उहाँले बताउनुभयो । साथै केहि समस्या परेमा खबर गर्नको लागि आग्रह गर्दै सदैव सहयोग गर्न तयार रहेको समेत अध्यक्ष लामाले प्रतिबद्धता जनाउनुभएको छ ।

यस्तै जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानू लामा, नेकपा एमालेका स्थानीय नेता सानू थापा, अनेरास्ववियुका केन्द्रिय सचिवालय सदस्य सन्तोष पौडेल, नेकपा एमालेका जिल्ला सदस्य सुनिल लोप्चन र मदन भन्डारी स्पोर्ट्स एकेडेमी शिक्षक संघका जिल्ला सचिव नवीन मिश्र, नगर कमिटी अध्यक्ष सबिन मोक्तान, भीमफेदि कमिटिका अध्यक्ष रचिन डंगोल लगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।