हेटौंडाः हेटौंडा अस्पतालमा पछिल्ले २४ घण्टामा १७ जना डिस्चार्ज भएका छन् । कोभिड संक्रमण पुष्टि भई अस्पतालको आइसियू र एचडियू तथा वार्डमा उपचाररत उनीहरु डिस्चार्ज भएका हुन् । यो सहित हेटौंडा अस्पतालबाट आजसम्म १५९ जना सक्रमितहरु उपचार पछि डिस्चार्ज भएका छन् ।
अहिले अस्पतालमा ५० जना गम्भिर किसिमका संक्रमितहरु उपचाररत छन् । पछिल्लो २४ घण्टामा हेटौंडा अस्पताल कुनै संक्रमितको मृत्यु भएको छैन । कोभिडको दोस्रो लहरमा अस्पतालमा ६६ जना संक्रमितको उपचारको क्रममा मृत्यु भएको अस्पतालका सुचना अधिकारी राजिव झाले जानकारी दिनुभयो ।