हेटौंडाः मकवानपुरम जारी निषेधाज्ञा जेठ ३१ गतेसम्म लम्बाइएको छ । बुधबार मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जेठ २० गते राति बजे देखि ३१ जेठ राति १२ बजेसम्म निषेधाज्ञा थप गर्नुभएको छ ।
अब खाद्यान्न पसल, दुध, माछामासु, फलफुल, अण्डा, तथा तरकारी वितरण गर्ने पसलहरु बिहान ४ बजेटखेनि ८ बजेसम्म खुल्न पाउँनेछ । यसअघि सबै खोल्न दिइएको थिएन ।
हेटौंडाको हकमा भने खोपेगल्लीको सबै पसल र बसपार्कको माछाबजार तथा तरकारी बजार सबै बन्द रहने प्रशासनले आदेश गरेको छ ।
हप्तामा ३ दिन आइतबार, मंगलबार र बिहीबार बैंक खुल्नेछ भने अन्य वित्तिय संस्थाहरु, फाइनान्स, आइएमी, इन्सोरेन्स, सहकारी सबै बन्द रहनेछ ।