हेटौंडाः मकवानपुरमा ६२ जनामा कोरोना पुष्टि भएको छ । २७ जना महिला र ३५ पुरुषमा संक्रमण पुष्टि भएको हो । मंगलबार स्वाब संकलन भएको १ सय ६२ जनाको कोरोना पीसीआर गर्दा ६२ जनामा संक्रमण पुष्टि भएको छ ।
कोरोना पुष्टि हुनेमा भीमफेदीको २ जना, मनहरीको २ जना, मकवानपुरगढीको १ जना, जिल्ला बाहिरको ६ जना र बाँकी सबै हेटौंडा उपमहानगरभित्रका रहेको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले बताउनुभयो । उनीहरुमध्ये ७ जना बालबालिकामा पनि संक्रमण पुष्टि भएको छ ।