हेटौंडाः बागमती प्रदेशका भौतिक पुर्वाधार बिकास मन्त्री रामेश्वर फुयाँललाई मातृशोक परेको छ ।
नेकपा एमालेका केन्द्रिय सदस्य तथा संविधान सभाका सदस्यसमेत भइसक्नुभएका मन्त्री फुयाँलकी आमाको आज आइतबार ९० वर्षको उमेरमा निधन भएको हो । उहाँको काठमाडौं स्थित आफ्नै निवासमा बिहान सवा ९ बजे मृत्यु भएको जनाइएको छ ।