हेटौंडाः हेटौंडाको स्वाब संकलन केन्द्रबाट आइतबार ९६ जनाको स्वाब नमूना संकलन गरिएको छ ।
३४ जना महिलासहित ९६ जनाको स्वाब नमूना संकलन गरिएको हेटौंडा उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिनुभयो । संकलन गरिएको नमूनाको कोरोनाको पीसीआर परीक्षण गर्न हेटौंडा अस्पतालको पीसीआर प्रयोगशालामा पठाइएको छ ।