हेटौंडाः १४ औं गणतन्त्र दिवसको अवसरमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौडा अस्पतालमा उपचाररत बिरामी र स्वास्थ्यकर्मीहरुलाई फलफुल तथा जुस वितरण गरिएको छ । हेटौडा लेडी जेसिजको आयोजना तथा जेसी जयन्ति श्रेष्ठको संयोजकत्वमा अस्पतालमा फलफुल तथा जुस बितरण गरएको हो ।
बिरामीलाई फलफुलको आवश्यकता भएको खबरपछि हेटौंडा लेडी जेसिजले गणतन्त्र दिवसको अवसर पारेर ९० जनालाई फलफुल जुस वितरण गरिएको जनाएको छ । यस्तै कार्यक्रमका लागि अलिशा भेजिटेबल सप्लायर्सबाट ३० हजार रुपैयाँ मूल्य बराबरको फलफुल र राजेन्द्र लामिछानेबाट ३ कार्टुन जुस सहयोग भएको कार्यक्रम संयोजक जयन्ती श्रेष्ठले जानारी दिनुभयो ।
कार्यक्रममा हेटौडा लेडी जेसिजकी अध्यक्ष जेसी प्रतिमा श्रेष्ठ, पूर्व अध्यक्ष जेसी रश्मि बस्नेत, जेसिज सदस्यहरु, प्रतिष्ठानका सदस्यहरु उत्सव चौलागाई, हिरा वाइवा, सुपेन्द्र कार्कीलगायतको उपस्थिति रहेको थियो ।