सांकेतिक तस्वीर ।

हेटौंडाः हेटौंडा अस्पतालको आइसियूमा उपचाररत थप एक कोभिड–१९ संक्रमितको मृत्यु भएको छ । गएराति हेटौंडा १४ को ४२ वर्षीय एक पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।

यो सहित अस्पतालमा मृत्यु हुनेहरुको संख्या ५४ पुगेको छ । अस्पतालमा ४७ जना गम्भिर संक्रमितहरु उपचार गराइरहेको अस्पतालका सुचना अधिकारी राजिव झाले जानकारी दिनुभयो ।