हेटौंडाः मकवानपुरमा १५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले सार्वजनिक गरेको विवरणअनुसार ९९ जनाको कोरोनाको पीसीआर रिपोर्ट र ५२ जनाको ऐन्टिजेन रिपोर्ट पोजेटिभ देखिएको हो । यस्तै जिल्लामा आज २ सय जना संक्रमणमुक्त भएका छन् ।