सांकेतिक तस्वीर ।

हेटौंडाः हेटौंडा अस्पतालमा उपचाररत चार कोभिड बिरामीको मृत्यु भएको छ । आज हेटौंडाका ३ जना महिला र एक पुरुषको मृत्यु भएको हो ।

मृत्यु हुनेमा एचडियू कक्षमा उपचाररत हेटौंडा–१४ का ६० वर्षीय पुरुष, आइसियूमा उपचाररत हेटौंडा–९ की ५२ वर्षीय महिला, हेटौंडा–५ की ६५ वर्षकी महिला र आकस्मिक कक्षमा उपचाररत भीमफेदी–७ की ८६ वर्षीय महिला रहेको अस्पतालले जनाएको छ ।

कोभिड अस्पताल बनाइएको हेटौंडा अस्पतालको अहिले आकस्मिक कक्षमा समेत संक्रमितहरुलाई राखिएको छ । अहिले ९ जना कोभिडका बिरामीले आकस्मिक वार्डमा उपचार गराइरहेको अस्पतालका सुचना अधिकारी राजिव झाले जानकारी दिनुभयो ।