हेटौंडाः हेटौंडा अस्पतालमा उपचाररत कोरोना संक्रमित दुईजनाको मृत्यु भएको छ । आइतबार दिउँसो १ बजेर ५ मिनेटको समयमा हेटौंडा–१३ की ६१ वर्षीया महिलाको मृत्यु भएको हेटौंडा अस्पतालका सूचना अधिकारी राजीव झाले जानकारी दिनुभएको छ ।
यस्तै सोमबार बिहान ९ बजेर ४५ मिनेटमा मकवानपुरको थाहा नगरपालिका–३ का ७५ वर्षीय पुरुषको मृत्यु भएको सूचना अधिकारी झाले जानकारी दिनुभयो । हेटौंडा अस्पतालमा हालसम्म कोरोना संक्रमित ४७ जनाको मृत्यु भइसकेको छ ।