सांकेतिक तस्वीर ।

हेटौंडाः जिल्लामा कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या बढ्दै गएको छ । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार आइतबारसम्म जिल्लामा संक्रमण भई मृत्यु हुनेको संख्या ७७ पुगेको हो ।

कोभिडको दोस्रो लहर आएसँगै जिल्लामा ४७ जनाको मृत्यु भएको छ । हेटौंडा अस्पतालमा उपचाररत ४५ जनाको मात्रै कोभिडको कारण मृत्यु भएको हो । यसअघि पहिलो लहरमा ३० जनाको मृत्यु भएको थियो ।

अहिलेसम्म हेटौंडाका ६२ जना, थाहा नगरका ४, मकवानपुरगढी र बागमतीका एक एक जना, मनहरीको ४, भीमफेदी २, बकैया ३ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।