हेटौंडाः मकवानपुरमा कोरोना संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले गएको बैशाख २० गतेदेखी जिल्लामा निशेधाज्ञा लागु गरेको छ । तर निशेधाज्ञा उल्लङ्घन गर्ने कार्य भने आजसम्म पनि रोकिएको छैन ।

जिल्ला प्रहरी कार्यालय मकवानपुर सोमबार निशेधाज्ञा उल्लङ्घन गरेको भन्दै २१ वटा सवारी साधन नियन्त्रणमा लिएको जनाएको छ । कार्यालयबाट खटिएको चेकिङ टोलिले मकवानपुर जिल्लाको बिभिन्न स्थानमा राखेको चेकप्वाईन्टमा निषेधाज्ञा उल्लङ्घन गर्ने मोटरसाइकल, स्कुटर, अटो, सानो गाडी, ट्रक, बस, टिपर गरी कुल २१ वटासवारी साधनहरु नियन्त्रणमा लिईएको कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक जयश्वोर रिमालले जानकारी दिनुभयो ।

कार्यालयले निषेधाज्ञा उल्लङ्घन गर्ने ३ जना सवारी धनीलाई संक्रामक रोग ऐन २०२० बमोजिम आवश्यक कारवाही गरिएको पनि जनाएको छ ।