हेटौंडाः निषेधाज्ञाकै बिचमा मानव सेवा आश्रमले आश्रितहरुको पारिवारिक पुनर्मिलन गराउँदै आएको छ । मंगलबार मलंगवा नगरपालिका–३ घर भएका ५२ वर्षीय पुष्पलाल श्रेष्ठको पारिवारिक पुनर्मिलन भएको छ ।
मानव सेवा आश्रम हेटौंडाबाट श्रेष्ठको आफन्त शकुन्तला ढुंगेललाई जिम्मा लगाइएको हो । केही समय अघि आश्रमको टोलिले श्रेष्ठलाई उद्दार गरेको थियो । २ महिना खोजि गरेपछि परिवारको पत्ता लागेसँगै पुनर्मिलन गराउन मंगलबार सम्भव भएको मानव सेवा आश्रमका अभियान्ता होमनाथ पौडेलले जानकारी दिनुभयो ।