हेटौंडाः हेटौंडा अस्पतालको कोभिड वार्डको आईसियुमा राखेर उपचार गराइरहेकी एक वृद्धाको शनिबार बिहान मृत्यु भएको छ ।
७३ वर्षीय वृद्धालाई ५ दिनअघि कोभिड वार्डमा उपचारका लागि भर्ना गरिएको थियो । शनिबार बिहान ७ बजेर १५ मिनेटमा वृद्धाको मृत्यु भएको हेटौंडा अस्पतालको कोभिड वार्डका इन्चार्ज डा. सागर काफ्लेले जानकारी दिनुभएको छ ।
हेटौंडा अस्पतालको कोभिड वार्डमा अहिले ४० जना उपचाररत छन् । ११ जना आइसियुमा रहेको र २९ जना एचडियुमा रहेका छन् । ११ जना नर्मल वार्डमा अक्सिजनको सपोर्टमा रहेको डा. काफ्लेले बताउनुभएको छ ।