हेटौंडाः हेटौंडामा निषेधाज्ञाकै बीचमा नेपाल बैंकले वृद्धभत्ता उपलब्ध गराएको छ । मंगलबार वृद्धभत्ता लिन पदमपोखरीबाट ८२ वर्षका नरबहादुर घलान नेपाल बैंक आइपुगे । घलानले कोभिड–१९ बाट बच्न मास्क प्रयोग गरेका थिए । झट्ट हेर्दा उभिन सक्ने जस्तो देखिए पनि उहाँ एक लट्ठीको साहारामा हुनुहुन्थ्यो ।
बैंक भित्र प्रवेश गरेर हस्ताक्षर गरेर आएसँगै उहाँलाई बैंकको परिसर भित्र बैंकका सुरक्षागार्डले बस्नै दिएनन् । उहाँ नेपाल बैंकको गेट बाहिर निस्केर बल्लतल्ल आइपुगेपनि बस्ने ठाउँ नै पाउँनुभएन् ।
यसैगरी वृद्धभत्ता लिन आउनुभएका शेरबहादुर घलान पनि कोभिड–१९ को जोखिमको अवस्थामा भत्ता लिन आउँदा समस्या भएको बताउँनुहुन्छ । ‘अटुमा आउनुपर्छ, महंगो छ भाडा’ उहाँले भन्नुभयो ।
यसैगरी पदमपोखरी–१२ का श्याम बिश्वकर्मा वृद्धभत्ता वडा कार्यालयले उपलब्ध गराए हुने भन्छन् । ‘वृद्धभत्ता आउँदा खुशि लागेपनि के गर्ने आउनैपर्छ बजारसम्म ।’ उहाँले भन्नुभयो ।