हेटौंडाः मकवानपुरको मनहरीमा आजबाट १२ बेडको आइसोलेसन संचालनमा आएको छ । अक्सिजन सहितको १२ बेड आजबाट संचालनमा आएको मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिनुभयो ।
उहाँले १२ बेडलाई थप गरी २४ बेडसम्म पु¥याउँने भन्द्यै बेडको व्यवस्थापनमा लागिपरेको बताउनुभयो । यसअघि अघिल्लो वर्ष ११ वटा बेड र अन्य म्याटमै आइसोलेसनमा बसेका थिए । अहिले अक्सिजन पनि दिनुपर्ने भएका कारण बेडको व्यवस्थापनमा लागिपरेको उहाँले जानकारी दिनुभयो । आवश्यकता अनुसार मनहरीको कोभिड अस्पतालले ३० बेडसम्म व्यवस्थापन गर्न सक्नेछ ।
मनहरीको कोभिड अस्पतालमा ३ वटा अक्सिजन प्लान्ट राखिएको छ । जसले ६ जनासम्मलाई अक्सिजन पुग्ने उहाँले बताउनुभयो । यस्तै मनहरी अस्पतालमा को आकस्मिक कक्षमा एक अक्सिजन प्लान्ट राखिएको छ ।
कोभिड अस्पतालमा एक जना एमबिबिएस डाक्टर र ३ जना विद्यालय नर्सहरुलाई खटाइएको छ । अन्य आवश्यक भान्छे पिउन लगायतको व्यवस्थापन गाउँपालिकाले गर्ने अध्यक्ष उप्रेतीले जानकारी दिनुभयो ।हालसम्म कुनै संक्रमित कोभिड अस्पतालमा आइनसकेको भन्दै आजबाट आएमा तयारी अवस्थामा बसेको उहाँको भनाई छ ।