हेटौंडा : कोरोना भाइरसको संक्रमणबाट मकवानपुरमा थप १ जनाको मृत्यु भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालको कोभिड कक्षमा थप एक संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ ।
महोत्तरी जलेश्वर–२ का ५० वर्षीय पुरुषको हेटौंडामा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ । आज बिहान साडे ९ बजे संक्रमितको उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । उनलाई ६ दिन अघि महोत्तरीबाट रेफर गरेर थप उपचारको लागि हेटौंडा अस्पताल ल्याईएको थियो । हेटौंडा ल्याउँदादेखी नै उनको अवस्था गम्भिर रहेको उपचारमा संलग्न चिकित्सकले बताएका थिए ।
यो संगै मकवानपुरमा २४ घण्टा नबित्दै हेटौंडा अस्पतालमा उपचाररत ३ जना संक्रमितले ज्यान गुुमाएका छन् । यसअधि आज बिहान ६ बजेर २२ मिनेटमा बाराका ४६ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको थियो । यसैगरि गएराति ९ बजेर १७ मिनेटमा हेटौंडा–१ का ५५ वर्षीय पुरुषको मृत्यु भएको थियो ।