हेटौंडाः हेटौंडा अस्पतालको कोभिड–१९ प्रयोगशालामा आइतबार गरिएको परीक्षणमा ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आइतबार साँझ ५ बजे हेटौंडा अस्पतालले जारी गरेको विवरणअनुसार ६३ जनाको स्वाब परीक्षण गर्दा ३६ जनामा संक्रमण पुष्टि भएको हो । हेटौंडा अस्पतालको कोभिड वार्डका इन्चार्ज डा. सागर काफ्लेले दैनिक विवरण जारी गर्नुहुँदै संक्रमितहरु होम आइसोलेसनमा रहेको जानकारी गराउनुभएको छ ।