हेटौंडाः हेटौंडा–५ का वडाअध्यक्ष राजेश बानियाँले प्रहरीलाई एम्बुलेन्स हस्तान्तरण गर्नुभएको छ ।
हजुरबुवा चेत सिं बानियाँ र पिता विरेन्द्र बानियाँको सम्झनामा उहाँले आज एम्बुलेन्स हस्तान्तरण गर्नुभएको हो । हेटौंडा–९ स्थित सामुदायिक प्रहरी सेवा केन्द्र पशुपतिनगरलाई १४ लाख ५० हजार रुपैयाँ बराबरको एक थान एम्बुलेन्स खरिद गरेर आइतबार हस्तान्तरण गरिएको छ ।
बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक बसन्तकुमार लामाको प्रमुख आतिथ्यमा वडा अध्यक्ष राजेश बानियाँले सामुदायिक प्रहरी सेवा केन्द्र पशुपतिनगरका अध्यक्ष राम विष्टलाई एम्बुलेन्सको कागजपत्र हस्तान्तरण गर्नुभएको थियो ।
एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा वडा नम्बर १६ का वडाअध्यक्ष रामकृष्ण कोइराला, नेपाली कांग्रेस हेटौंडा नगर सभापति आनन्दराम पराजुली लगायतको उपस्थिति रहेको थियो ।