हेटौंडाः हेटौंडा अस्पतालमा रहेको हाइ डिपेन्डेन्सी युनिट (एचडियु) वार्डमा उपचाररत ३ जना कोरोना संक्रमित आइतबार डिस्चार्ज भएका छन् । शनिबार पनि ३ जना डिस्चार्ज भएका थिए । यस्तै शुक्रबार २ जना डिस्चार्ज भएका थिए ।
आइतबार डिस्चार्ज हुनेमा हेटौंडा–२ की ३६ वर्षीया महिला छन् भने हेटौंडा–४ का ६६ वर्षीय पुरुष र हेटौंडा–१८ का ४२ वर्षीय पुरुष छन् । श्वासप्रश्वास प्रणालीमा सहज भएपछि एचडियु वार्डमा राखिएका तीनजनालाई डिस्चार्ज गरी हेटौंडा–६, गौरिटारस्थित आइसोलेसनमा पठाइएको हेटौंडा अस्पतालको एचडियु वार्डका इन्चार्ज डा. सागर काफ्लेले जानकारी दिनुभएको छ ।
डा. काफ्लेकाअनुसार आइतबार हेटौंडा अस्पतालको एचडियु वार्डमा ११ पुरुष र ३ महिला गरी १४ जना उपचाररत छन् । एचडियु वार्डमा रहेका मध्ये २ जना विरामी गम्भीर अवस्थामा छन् भने अन्य विरामीको अवस्था चिन्तामुक्त छ ।