फाईल तस्वीर ।

हेटौंडाः हेटौंडा–१०, स्थित बसपार्कको तरकारी बजार, माछा बजार र खोपेगल्लीको तरकारी बजार भोलिबाट बिहान ४ बजेदेखि ८ बजेसम्म मात्रै खुल्ने भएका छन् । सोमबार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र मकवानपुरको बैठकले हेटौंडामा संचालन हुने सम्मूर्ण शिक्षण संस्थाहरुमा भौतिक रुपमा उपस्थित भएर हुने पठनपाठन बन्द गर्ने, परीक्षाहरु सबै स्थगित गर्ने निर्णय गरेको छ ।

यस्तै कोभिड–१९ पिसिआरको दायरा बढाउन हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रलाई आग्रह गर्ने भएको छ । सामाजिक विकास मन्त्रालयलाई स्वाब परीक्षण गर्न स्याम्पल एक्सट्रयाक्टर को व्यवस्थापन मिलाइदिन सामाजिक विकास मन्त्रालयलाई आग्रह गर्ने बैठकले निर्णय गरेको छ । यसैगरी होटेल, रेष्टुरेन्ट, रिसोर्टहरुमा विवाह, ब्रतबन्ध, बर्थडे जस्ता भीडभाड हुने सबै खालको कार्यक्रममा रोक लगाइने भएको छ । हेटौंडा बजारको सडकमा हुने व्यापार, फुटपाथको सबै व्यापार बन्द गरिनेछ ।

यसैगरी जिल्लामा भएका पुराना आइसोलेसन सेन्टरहरु पुनः स्थानीय तहले संचालन गर्ने लगायतको निर्णय बैठकले गरेको मकवानपुरका प्रमुख जिल्ला अधिकरी भरतमणी पाण्डेले बताउनुभयो ।