ठगी गरेको अभियोगमा फापरबारीका आयुष मोक्तान ।

हेटौंडाः विदेश पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा मकवानपुरको बागमती गाउँपालिका–८, फापरबारी भुवनचुलीका आयुष मोक्तानलाई प्रहरीले पक्राउ गरेको छ ।

काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका–८, चिसापानीका ३६ वर्षीय प्रेम बहादुर तामाङसहित ६ जनालाई भिजिट भिषामा कम्बोडिया पठाउने भन्दै आयुष मोक्तानसहितको समूहले ठगी गरेको प्रहरीले जनाएको छ । प्रतिव्यक्ति ६ लाख ५० हजार रुपैयाँ लाग्ने भनी ६ जनाबाट ३९ लाख रुपैयाँ लिई सम्पर्कविहिन भएको भनी प्रहरीमा उजुरी परेपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको हो ।

खोजतलास गर्ने क्रममा मोक्तानलाई प्रहरीले फापरबारी भुवनचुलीबाटै शुक्रबार पक्राउ गरेको जनाएको छ । थप अनुसन्धानका लागि प्रहरीले मोक्तानलाई वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौँ पठाएको जनाएको छ ।