नेपाल पर्यटन उद्योग फस्टाउने सम्भावना धेरै भए तापनि नेपाल गरिब देश भएकोले धेरै पछि परेको छ । यस अवस्थामा पनि हामीले पर्यटन उद्योगमा विशेष ध्यान दियौँ भने नेपालले धेरै मुद्रा आर्जन गर्न सक्छ ।
नेपाल प्रकृतिले भरिपपुर्ण देश हो यहाँ प्रकृतिमा आफै उत्पन्न भएका वन जङगल खोलानाला ,ताल ,तलैया,जडीबुटी सुन्दर प्रसिद्ध ठाउँहरु धेरै छन् । यस्ता ठाउँको संरक्षण गरी पर्यटन उद्योग विकासमा लागि पर्नु पर्छ । नेपालमा संसारकै अग्लो सगरमाथा, बुदको जन्मस्थान लुम्बिनी, संसारमै नपाइने चरा काँडेभ्याकुुुुुुुुर ,सीताको जन्म स्थल जनकपुुर, बाह्र राष्ट्रिय निकुन्ज र धेरै धार्मिक क्षेत्रहरु रहेका छन् । यस्ता क्षेत्रमा बाह्य र आन्तरिक दुवै पर्यटकहरु घुमफिर गर्न चाहान्छन् । कतिपय बाहिरी देशमा नपाइने प्राणी र वनस्पति यहाँ पाइन्छन् ।
यहाँको ठाउँ जस्तै मानिसहरु पनि थुप्रै धर्म, जात, सस्कृतिका भएता पनि उनीहरुको संस्कार राम्रो छ । नेपालीहरुले यसरी पर्यटन उद्दोग गर्दा व्यापार फस्टाउनुको साथै नेपालका धेरै वस्तुहरु विक्री हुन्छ । साथै यहाँको रहनसहनको विदेशमा सम्म चर्चा हुन गई हाम्रो देश उन्नति र प्रगतिको मार्गमा अघि बढ्न सक्छ । पर्यटक भित्रयाउन सक्ने सबै सहयोगका लागि सबैले मिली योगदान पुराउन सकिन्छ । एक अर्काको साथ दिदैँ पर्यटन उद्दोगको विकासमा हाम्रो देशको सामानको मुुल्य पनि नघट्ने र देशको प्रकृतिको रक्षा गर्न हामी सबै लागी पर्नु पर्छ ।
भन्ने जनचेतना अभिवृद्धि हुने जस्ता काम भई वातावरण सन्तुलन हुने र जीवजन्तु पनि लोप हुनु नपर्नै हाम्रो पर्यटन वर्षमा महामारी फैलिए पनि अरु कुनै न कुनै दिन हाम्रो पालो फेरी आउँनेछ । पर्यटन उद्दोग शक्ति र समाजलाई नभई राज्यलाई पनि पुग्ने व्यवसाय हो । यदि आगामी दिनमा पनि यसरी नै पछि परियो भने हाम्रो देश धेरै पछि पर्नै छ । र यसो हुन नदिन हरेक नागरिकलाई एकअर्कालाई साथ र सहयोग दिनुपर्छ । पर्यटकहरु एक ठाउँबाट अर्कौ ठाउँ घुम्ने क्रममा एक अर्काको कुरा साटासाट गर्छन् । र यसरी पर्यटन उद्दोगमा सहयोग पुग्छ । त्यसैले मेरो विचारमा देश विकासका लागि पर्यटन उद्दोग अत्यन्त महत्वपुर्ण व्यवसाय हो ।