हेटौंडाः स्वर्गीय बुवाको स्मृतिमा हेडौंडामा ट्रस्ट निर्माण गरिएको छ । हेटौंडा–११ नवलपुर निवासी तीर्थ रोक्काले आफ्नो स्वर्गीय बुवाको छैठौं मासिकमा सार्वजनिक ट्रस्ट निर्माण गनुभएको हो ।

ढिकुरेपाटीको प्रयोगका लागि रोक्का र उनका भाइ राजकुमार रोक्काले २ कोठाको ट्रस्ट निर्माण गरी आइतबार निरोकधाम निर्माण समितिका अध्यक्ष गोपीनाथ उप्रेतीलाई हस्तान्तरण गर्नुभएको थियो । ९५ हजार रुपैया“को लागतमा ट्रस्ट निर्माण गरिएको रोक्काले जानकारी दिनुभयो । बुवाको नाममा सामाजिक कार्य गर्न पाउँदा मनमा सन्तुष्टि मिलेको पनि उहाँले बताउनुभयो ।