कार्यक्रमको उद्घटान गर्नुहुँदै प्रमूख अतिथि ।

हेटौंडाः नेपाल ज्योतिष परिषद् मकवानपुरका पाँचौं जिल्ला अधिवेशन शनिबार हेटौंडामा सम्पन्न भएको छ । नेपाल ज्योतिष परिषद् केन्द्रीय समिति अध्यक्ष माधवराज पाण्डेको प्रमुख आतिथ्यता तथा परिषद् जिल्ला अध्यक्ष हरिप्रसाद सापकोटाको सभाध्यक्षतामा अधिवेशन सम्पन्न भएको हो ।

अधिवेशनले ज्योतिष परिषद् मकवानपुरको नयाँ नेतृत्व चयन गरेको छ । पुनः हरिप्रसाद सापकोटाको नेतृत्वमा २१ सदस्यीय परिषद्को जिल्ला समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा यादवराज बराल, मातृका नेपाल, सुनिल रुपाखेती सचिवमा दामोदर धिताल, सहसचिवमा कुश अधिकारी, यदुनाथ सुवेदी, कोषाध्यक्षमा पवित्रा पौडेल र सहकोषाध्यक्षमा ज्ञानप्रसाद घिमिरे चयन हुनुभएको छ । यसैगरी सदस्यहरुमा सुरण दहाल, रामहरि भट्टराई, ईन्द्रप्रसाद नेपाल, डुलप्रसाद दहाल, केशवप्रसाद पौडेल, नारायणप्रसाद पौडेल, प्रेमप्रसाद नेपाल, कृष्णप्रसाद घिमिरे, बिष्णुप्रसाद घिमिरे, बिष्णुप्रसाद दहाल, श्यामप्रसाद शर्मा न्यौपाने, चेतबहादुर स्याङ्तान र मधुकर बर्तौला चयन हुनुभएको छ ।

कार्यक्रममा ज्योतिष परिषद् केन्द्रीय वरिष्ठ उपाध्यक्ष केशब धिताल, महासचिव कमल काफ्ले र कोषाध्यक्ष भुपेन्द्र घिमिरेको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा परिषद्को केन्द्रीय सदस्यद्वय गणेश धिताल र गोबिन्द दुवाडी, परिषद्को बागमती प्रदेश उपाध्यक्ष बालकृष्ण घिमिरे, प्रदेश उपमहासचिव गोबिन्द सञ्जेल, नेपाली कांग्रेस मकवानपुरका सदस्य एवम् रुद्रेश्वर मन्दिर व्यवस्थापन समिति अध्यक्ष राजीव सुवेदी, सल्लाहकार बासुदेव बत्सलगायतको उपस्थिति रहेको थियो ।