हेटौंडाः लायन्स क्लब अफ मकवानपुर डायमण्डको अध्यक्षमा सरोज पौडेल चयन हुनुभएको छ । शनिबार हेटौंडामा सम्पन्न क्लबको तेस्रो वार्षिक साधारणसभाबाट पौडेलको नेतृत्वको सर्वसम्मत नयाँ समिति चयन गरेको हो ।

क्लबको प्रथम उपाध्यक्षमा इरोज न्यौपाने, द्वितीय उपाध्यक्षमा ललित तिमल्सिना, तृतीय उपाध्यक्षमा विनोद पराजुली, सचिवमा आस्था श्रेष्ठ र कोषाध्यक्ष कौशिला गौतम चयन हुनुभएको छ । क्लबका अध्यक्ष गौतम केसीको अध्यक्षतामा भएको साधारणसभामा क्लबका संस्थापक अध्यक्ष जेसी यादवको पनि उपस्थिति रहेको थियो ।