हेटौंडाः नेपाल तरुण दल हेटौंडा–८ वडा कमिटीले आयोजना गरेको रक्तदान कार्यक्रममा ५४ जनाले रक्तदान गरेका छन् । वडा कमिटीका निर्वतमान अध्यक्ष स्वर्गीय प्रल्हाद चौलागाईको स्मृतिमा नेपाली कांग्रेसको भातृ संगठन तरुण दलले हेटौंडा–८ कमानेमा आयोजना गरेको कार्यक्रममा ५४ जनाले रक्तदान गरेका हुन् ।
नेपाली कांग्रेस जिल्ला सदस्य हरि वाग्ले, गोपी अधिकारी, क्षेत्रिय सभापति तारानाथ चौलागाई, हेटौंडा नगर सभापति आनन्दराम पराजुली, नेपाल तरुण दल हेटौंडा नगर अध्यक्ष सुनिल गिरीलगायतकाको उपस्थिती रहेको थियो । कार्यक्रम नेपाल तरुण दल हेटौंडा–८ वडा कमिटी अध्यक्ष राम थापाको संयोजकत्वमा भएको हो ।