हेटौंडाः नेकपा एमाले (ओली समूह) निकट अखिल नेपाल महिला (अनेम) संघको मकवानपुर जिल्ला अध्यक्षमा सुमित्रा काफ्ले र हेटौंडा उपमहानगर कमिटीको अध्यक्षमा रञ्जीता सिलवाल चयन हुनुभएको छ । शनिबार सम्पन्न अनेम संघ मकवानपुरको १३ औं जिल्ला सम्मेलन तथा हेटौंडा उपमहानगर कमिटीको १५ औं सम्मेलनबाट नयाँ नेतृत्व चयन भएको हो ।
अनेम संघको केन्द्रीय अध्यक्ष सीता पौडेलको प्रमुख आतिथ्यमा भएको सम्मेलनमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, बागमती प्रदेश सभा सदस्य जुनेली श्रेष्ठको पनि उपस्थिति रहेको थियो । सम्मेलनबाट अनेम संघ मकवानपुरको उपाध्यक्षमा चमेली वाईबा, सचिवमा साधना श्रेष्ठ, कोषाध्यक्षमा नर्वदा थपलिया चयन हुनुभएको छ । यस्तै नगर कमिटीको उपाध्यक्षमा मिनु बिक, सचिवमा उर्मिला श्रेष्ठ चयन हुनुभएको छ ।