रक्तदान गर्दै रक्तदाताहरु ।

हेटौंडाः ४२ औं शिक्षक दिवसको अवसरमा हेटौंडामा आइतबार बिहान रक्तदान कार्यक्रम भएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरले आयोजना गरेको रक्तदान कार्यक्रममा २७ जनाले रक्तदान गरेका छन् ।

हेटौंडा–४ स्थित भुटनदेवी मावि परिसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र हेटौंडाको प्राविधिक सहयोग रहेको थियो । पछिल्लो समय रगतको अभाव भएसँगै रक्तदान कार्यक्रमको आयोजना गर्ने क्रम बढेको छ ।