नेपाल–खनाल समूहको अखिलको जिल्ला, स्थानीय तह तथा क्याम्पस कमिटी घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुँदै अखिल मकवानपुरका अध्यक्ष अरुण बर्तौला ।

हेटौंडाः नेपाल–खनाल समूहले नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को मकवानपुर जिल्ला अध्यक्षमा अरुण बर्तौलालाई चयन गरेको छ । शुक्रबार पत्रकार सम्मेलन गरेर बर्तौलाको अध्यक्षतामा ८१ सदस्यीय जिल्ला कमिटी गठन गरेको जानकारी गराएको छ । विद्यार्थी इन्चार्ज मीना कुमारी लामा, अनेरास्ववियु केन्द्रीय कमिटी सचिव किशोर कुमार टण्डनको उपस्थितिमा घोषणा गरिएको हो ।

अनेरास्ववियु मकवानपुरको उपाध्यक्षमा शिशिर पराजुली र अमृत बर्तौला, सचिवमा आकाश अधिकारी, सहसचिवमा जोशिना बर्तौला, कृष्ण चन्द्र पुरी, रमा देवकोटा, निर्मल सापकोटा र एसके शर्मा कँडेल तथा कोषाध्यक्षमा उज्ज्वल बर्तौला चयन भएका छन् । नेपाल–खनाल समूहले अनेरास्ववियुको मकवानपुर जिल्लाका ९ वटा पालिकामा संयोजक, ३ वटा पालिकामा सहसंयोजक चयन गरेको छ । यस्तै ७ वटा क्याम्पस कमिटीको संयोजक र ४ वटा क्याम्पस कमिटीमा सहसंयोजक चयन गरेको छ । अखिल मकवानपुरका नवनियुक्त अध्यक्ष अरुण बर्तौलाले अहिले पार्टीसँगको समन्वयमा गठन गरिएको कमिटीलाई पूर्णता दिने र कमिटी विस्तार गर्ने कार्य निरन्तर रहने बताउनुभएको छ ।

हेटौंडा उपमहानगर कमिटीको संयोजकमा सुपेन लामा, सहसंयोजकमा रोजन घिमिरे, थाहा नगर कमिटीको संयोजकमा मनिष लामा, मनहरी गाउँपालिकाको संयोजकमा बासु बर्तौला, सहसंयोजकमा अनुजा गुरुङ, राक्सिराङ गाउँपालिकाको संयोजकमा ज्ञानेन्द्र थिङ, सहसंयोजकमा पवन प्रजा, कैलाश गाउँपालिकाको संयोजकमा रमा देवकोटा, भीमफेदी गाउँपालिकाको संयोजकमा सुदन बिश्वकर्मा, मकवानपुरगढी गाउँपालिकाको संयोजकमा ईन्द्रप्रसाद लम्साल, सहसंयोजकमा सन्चमान भोलन, बकैया गाउँपालिकाको संयोजकमा शंकर लामा चयन भएका छन् ।

मकवानपुर बहुमुखी क्याम्पस कमिटीको संयोजकमा मनिष गौतम, सहसंयोजकमा विश्वास पराजुली, हेटौंडा क्याम्पसको संयोजकमा अञ्जन खड्का, सहसंयोजकमा शंकर लामा, त्रिवि अन्तर्गतको वन विज्ञान क्याम्पसको संयोजकमा विमल सापकोटा, सहसंयोजकमा सुसन बिश्वकर्मा, वन विज्ञान विश्वविद्यालय अन्तर्गत हेटौंडास्थित वन संकाय क्याम्पसको संयोजकमा निरञ्जन रिजाल, मनहरी बहुमुखी क्याम्पसको संयोजकमा कुमार घिसिङ र पालुङ बहुमुखी क्याम्पसको संयोजकमा सुशान्त रुम्बा चयन भएका छन् ।