बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलसहित बागमती प्रदेश सभा सदस्य मुनु सिग्देल अन्तरक्रियामा सहभागी हुनुहुँदै । तस्वीरः सुसन लामिछाने ।

हेटौंडाः बागमती प्रदेशको राजधानी हेटौंडामा दलितमैत्री नीति तथा कार्यक्रम सम्बन्धी प्रदेशस्तरीय अन्तरक्रिया सुरु भएको छ । समता फाउण्डेसनको आयोजनामा भएको अन्तरक्रियामा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्य रहेको छ । समता फाउण्डेसनले दलित सम्बन्धी अनुसन्धान गर्दै आएको छ ।

अधिवक्ता प्रकाश नेपालीले दलित सशक्तीकरण सम्बन्धी बिधेयकको मस्यौदाको प्रस्तुती गर्नुभएको छ । अन्तरक्रियामा बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी, मुनु सिग्देल, जुनेली श्रेष्ठ , प्रदेश प्रमुख सचिब डा. मान बहादुर बिके, सामाजिक मन्त्रालयका सचिब दिपक काफ्ले लगायत विभिन्न संघ संस्थाहरुको प्रतिनिधिहरुको उपस्थिति रहेको छ ।