हेटौंडाः बागमती प्रदेशको राजधानी हेटौंडामा बुधबारबाट हेटौंडा उपमहानगरपालिका राष्ट्रव्यापी अन्तर शहर बुद्धिचाल प्रतियोगिता हुँदैछ । देशभरका विभिन्न क्षेत्रबाट १८ टिम प्रतियोगितामा सहभागि हुनेछन् ।
बुधबारबाट सुरु भएर चैत्र १४ गतेसम्म हुने चेस प्रतियोगिता स्विग लिग प्रणाली अनुसार ७ चरणमा सञ्चालन गरिनेछ ।
वर्तमान पुरुषतर्फ चेस च्याम्पिएन पुरुषोत्तम चौलागाई, महिला च्याम्पिएन सुजना लोहनी, पूर्व च्याम्पिएन सुरवीर लामा, रुपेश जैशवाल, क्षितिज भण्डारीले हेटौंडाको टिमबाट खेल्नेछन् ।
विजेताले नगद २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेता हुनेले १ लाख ५० हजार, तेस्रो हुनेले ५० हजार, चौथौले ३० हजार र पाँचौ हुनेले २० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
यसैगरी व्यक्तिगततर्फ ५ वटा बोर्डका उत्कृष्ट खेलाडीले नगद १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
४ दिने हुने प्रतियोगितामा १५ लाख ७२ हजार खर्च हुने आयोजक मकवानपुर जिल्ला बुद्धिचाल संघका सचिव नरेन्द्र भण्डारीले जानकारी दिनुभयो ।
मकवानपुर जिल्ला बुद्धिचाल संघ र हेटौंडा चेस क्लबको संयुक्त आयोजनाम प्रतियोगिता हेटौंडामा हुन लागेको मंगलबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।
पत्रकार सम्मेलनमा हेटैंडा चेस क्लब, मकवानपुरका अध्यक्ष ज्ञानकृष्ण प्रजापति, नेपाल बुद्धिचाल संघको केन्द्रिय सचिव धर्म लामा लागयत हेटौंडाबाट खेल्ने खेलाडीहरुको उपस्थिति रहेको थियो ।