हेटौंडाः मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ७ सुकौरामा रहेको बागेश्वरी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई ट्रयाक सुट तथा शैेक्षिक सामग्री सहयोग गरिएको छ ।
विद्यालयमा अध्ययन गर्ने २४ जना विद्यार्थीलाई ट्रयाक सुट, जुत्ता तथा शैक्षिक सामग्री वितरण गरिएको हो । बुधबार सञ्चारकर्मी अमर लामा र अभियन्ता सञ्जय लोप्चनले विद्यालयमा पुगेर सामग्री वितरण गरेका हुन् ।
विदेशी नागरिक मार्कुस बेलिंगर, रोमाना बेलिंगर र नेपाली नागरिक कैलाश पौडेलको सहयोगमा विद्यार्थीलाई सामग्री वितरण गरिएको सञ्चारकर्मी लामाले बताए । जर्मनीबाट जल्मा स्याङ्तानको नेतृत्वमा विदेशी नागरिकहरुले गरिब तथा विपन्न नेपाली विद्यार्थीहरुलाई पढ्नमा केही सहज होस् भन्ने हेतुले सहयोग गरिएको हो । विद्यालयका प्रधानाध्यापक ईन्द्रबहादुर बस्नेत, अभिभावक र अन्य शिक्षकहरुको उपस्थितिमा सामग्री वितरण गरिएको हो ।