ईन्जिनियर व्रिगेडिएर कर्णेल डिल्ली जंग थापाको अर्ध कदको शालिक

हेटौंडाः दक्षिण एशियाकै पहिलो सुरुङमार्गको निर्माणकर्ता नेपालको प्रथम ग्राजुएट सिभिल ईन्जिनियर ब्रिगेडिएर कर्णेल डिल्लीजंग थापाको अर्धकदको शालिक चुरिया माई मन्दिर परिसरमा राखिएको छ ।

नेपाली सेना ईन्जिनियर डिल्लीजंग थापालाई सम्झदै

बागमती प्रदेशको राजधानी समेत रहेको हेटौंडा उपमहानगरपालिकाले सेनाका सिभिल ईन्जिनियर बिग्रेडियर कर्णेल डिल्लीजंग थापाको अर्धकदको शालिक ४ लाखको लागतमा बनाएर आज चुरिया माई मन्दिर परिसरमा अनावरण गरेको हो ।

हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत ईन्जियनियर थापाको शालिकलाई फुल लगाउनुहुँदै ।

हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले शालिकको अनावरण गर्दै पुराना सम्पदाहरुको संरक्षण गनुपर्ने बताए । दक्षिण एशियाकै पुरानो चुरीया माई सुरुङमागको परिकल्पनाकार सेनाका बिग्रेडियर जनरल थापाको शालिक काठमाडौंबाट निर्माण गरेर ल्याइएको थियो ।

दक्षिण एसियाको सबैभन्दा पुरानो सुरुङ चुरिया माई सुरुङ

९ फिट चौंडाइ र १० फिट अग्लो भएको चुरिया माई सुरुङमार्गको लम्बाई ५ सय मिटर रहेको छ । सुरुङमार्गको दक्षिणी भाग राम्रै रहेको छ भने उत्तरी मुख भने हालको अवस्थामा पुरिएको छ ।

चुरियामाई सुरुङमार्गको परिकल्पनाकार सेनाका ईन्जिनियर डिल्लीजंग थापालाई हेर्दै एक युवक

चुरिया माईको सुरुङ सन् १९१७ मै बनेको थियो । जसका डिजाइनकर्ता सेनाका कर्णेल थापा हुन् । चुरियामाई मन्दिर र सुरुङ मर्मतको लागि हेटौंडा उपमहानगरपालिकाले पनि चासो देखाउँदै आएको छ ।

चुरियामाई सुरुङमार्गको दक्षिणी प्रवेशद्धार

बागमती प्रदेश सरकारले जीर्ण अवस्थामा रहेको चुरिया माई सुरुङमार्गको संरक्षण र संर्वधन गर्ने भएको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँलले दक्षिण एशियाकै पुरानो सुरुङमार्गमा यातायात चल्ने गरी मर्मत गरिने बताए । बागमती प्रदेश सरकारले पुरातात्विक विभागसँग परामर्श गरेर पुनर्निर्माण कार्यको लागि बोलपत्र आह्वान गरिसकेको छ ।

शक्तिपिठ मन्दिर चुरिया माई मन्दिर

प्रदेश सरकारले ४ करोड बजेट विनियोजन गरेर चुरीया माई सुरुङमार्गको पुनर्निमार्ण कार्य अगाडि बढाएको हो । एक सय वर्ष पुरानो सुरुङमार्गमा पुनः गाडि गुड्नेगरी पुनर्निर्माण गर्ने प्रदेश सरकारको योजना छ । पुरातात्विक सम्पदाको संरक्षण हुने गरी काम गर्नुपर्ने भन्दै मन्त्री फुयाँलले भन्नुभयो, “अब नेपाल सुरुङ युगमा प्रवेश गरिसक्यो । सुरुङलाई मर्मत गरेर सञ्चालन ल्याउन प्रदेश सरकार कटिबद्ध छ ।”

बागमती प्रदेशको भौतिक विकास पूर्वाधार मन्त्री रामेश्वर फुयाँल

हेटौंडाको चुरिया माईको सुरुङमार्गलाई प्रदेश सरकारले भौतिक पूर्वाधार अध्ययन अनुसन्धानको रुपमा विकास गर्ने चाहेको बताएको छ । पूर्वाधारको निर्माण पूर्व यसको अध्ययन अनुसन्धान हुने मन्त्री फुयाँलले जानकारी गराए । मन्त्री फुयाँलले पुरातात्विको सम्पदाको संरक्षण गर्ने विषयलाई बागमती प्रदेशले उच्च प्राथमिकतामा राखेको बताउँदै जसरी पनि काम अगाडि बढाउने बताए । “राजनीतिक अवस्था जस्तासुकै भएपनि चुरिया माई सुरुङको पुनर्निर्माणको काम अगाडि बढ्छ । सुरुङमार्ग मर्मत गर्न आवश्यकताअनुसार बजेट थप गर्न पनि प्रदेश सरकार तयार छ । उनले भने ।”

१ सय वर्ष पुरानो सुरुङमार्गको प्रवेशद्धार

हेटौंडाको चुरिया माई मन्दिर नजिकैबाट चुरिया माई सुरुङको सुरुवात भएको देखिन्छ । सुरुङमार्ग निर्माण गर्दा चरिया माई मन्दिरको स्थापना गरिएको जानकारहरु बताउँछन् ।

चुरिया माई मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रेम बहादुर भोम्जन सुरुङ खन्न अनेक समस्याहरु देखिएपछि सेनाले मन्दिरको स्थापना गरेर सुरुङ खनेको बताउँछन् ।

बागमती प्रदेश र प्रदेश नम्बर २ को दक्षिणी सिमानामा चुरीया माई मन्दिरमा अवस्थित छ ।