बागमती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेल खोप लगाउनुहुँदै ।

हेटौंडाः बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना विरुद्धको खोप लगाएका छन् । सोमबार बिहान ११ बजे हेटौंडा अस्पतालमा पुगेर मुख्यमन्त्री पौडेलले खोप लगाएका हुन् ।

खोप लगाएपछि मुख्यमन्त्री पौडेलले सबै आम नागरिकहरुलाई सरकारले तोकेअनुसार खोप केन्द्रमा गएर खोप लगाउन आग्रह गरे ।

बागमती प्रदेशमा ५ सय ६ वटा खोप केन्द्रबाट दोस्रो चरणको खोप अभियान सुरु गरिएको छ । दोस्रो चरणको पहिलो दिन आइतबार बागमती प्रदेशको ३१ हजार ४ सय १७ जनाले खोप लगाएको स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका स्वास्थ्य निर्देशक रमेश अधिकारीले जानकारी दिए ।