हेटौंडाः राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागिताका लागि बागमती प्रदेशबाट १७ जना खेलाडी छानिएका छन् । शनिबार हेटौंडा–७, नागस्वतीस्थित नवज्योति माविको खेल मैदानमा छनोट खेलको आयोजना गरिएको थियो ।
छनोटका लागि मकवानपुर, भक्तपुर, ललितपुर, धादिङ र चितवन जिल्लाबाट ८० जना भन्दा बढी खेलाडी सहभागी भएका थिए । १२ जना तेक्वान्दो र ५ जना पुम्सेतर्फ खेलाडी छनोट भएको बागमती प्रदेश टिमका व्यवस्थापक भोजराज पराजुलीले जानकारी दिनुभएको छ ।
जुनियरतर्फ ३५–४० केजी तौल समूहमा मकवानपुरका प्रदीप पराजुली, ४०–४५ केजी तौल समूहमा मकवानपुरका मुकुन्द तिमल्सिना, ४५–५० केजी तौल समूहमा मकवानपुरकै अभिषेक बानियाँ चयन भएका छन् । सिनियरतर्फ ५४ केजी भन्दा कम तौल समूहमा मकवानपुरका विप्लप वाईबा, ५८ केजी भन्दा कम तौल समूहमा चितवनका राजन मल्ल, ६३ केजी भन्दा कम तौल समूहमा मकवानपुरका सुरज स्याङ्बो छनोट भएका छन् ।
यस्तै जुनियरतर्फ ३०–३५ उमेर समूहमा भक्तपुरकी प्राची किवोनोथार, ३५–४० तौल समूहमा चितवनकी सुस्मिता कुमाल, ४०–४५ केजी तौल समूहमा मकवनपुरकी कुसुम अधिकारी छनोट भएका छन् । यस्तै सिनियरतर्फ ४७ केजी भन्दा कम तौल समूहमा भक्तपुरकी सोफिया ट्याटा, ५१ केजी भन्दा कम तौल समूहमा चितवनकी छायादेवी आचार्य, ५५ केजी भन्दा कम तौल समूहमा विविका थापा मगर छनोट भएका छन् ।
पुम्सेतर्फ १२ वर्षभन्दा कम तौल समूहमा मकवानपुरका आदित्य पराजुली र सविता मोक्तान, १८ वर्षभन्दा कम उमेर समूहमा मकवानपुरका सन्देश गौतम र धादिङकी सुस्मिता गुरुङ, १८ वर्ष भन्दा बढी उमेरमा मकवानपुरकै कृष्णराज चेपाङ छनोट भएको बागमती प्रदेश टिमका व्यवस्थापक भोजराज पराजुलीले जानकारी दिनुभएको छ । यही फागुन २८ र २९ गते १ नम्बर प्रदेशको इटहरीमा हुने प्रतियोगितामा सहभागी हुने टिमको प्रशिक्षकमा दिपेन्द्र नेपाली रहनुभएको छ ।