हेटौंडाः जेसीआई हेटौंडाले शनिबार रक्तदान कार्यक्रम गरेको छ । जेसीज सप्ताहअन्तर्गत् भएको रक्तदान कार्यक्रममा २१ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र हेटौंडाका प्रमुख टंक दाहालले जानकारी दिनुभएको छ ।
कार्यक्रम जेसीआई हेटौंडाका अध्यक्ष लिसेन बस्नेतको सभाध्यक्षतामा भएको हो । कार्यक्रममा रक्तसञ्चार केन्द्रका प्राविधिक विष्णुप्रसाद रिमाल तथा जेसीजका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।