हेटौंडाः नेपाल शिक्षक संघ मकवानपुरको १७ औं र १८ औं संयुक्त जिल्ला प्रतिनिधि सभा शनिबार हेटौंडामा सम्पन्न भएको छ ।

शिक्षक संघ मकवानपुरका अध्यक्ष रामकुमार अधिकारीको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाल शिक्षक संघका संघीय समितिकी महासचिब अर्थ पुष्पकला भट्टराईको प्रमुख आतित्थ्यता रहेको थियो । कार्यक्रमको अवसरमा नेपाली शिक्षक समुदायको आदर्श, गरिमा र पेशागत मर्यादालाई उच्च राख्न भूमिका निर्वाह गर्ने ७६ जना शिक्षकहरुलाई सम्मान गरिएको थियो ।

उक्त अवसरमा संघका कार्यवहाक सचिव टिकाप्रसाद दाहालले संघको प्रगति प्रतिवेदन र सचिब अर्थ केशबप्रसाद देवकोटाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा नेपाल शिक्षक संघ संघीय सदस्य प्रेम पौडेलको विशिष्ट आतिथ्यता रहेको थियो । संघका बागमती प्रदेश बरिष्ठ उपाध्यक्ष दिपकलाल खतिवडा, नेपाली कांग्रेस मकवानपुरका जिल्ला कोषाध्यक्ष कोषाध्यक्ष गोपीलाल विक, पार्टी प्रवक्ता प्रदीप कोइराला, नगरसभापती आनन्दराम पराजुली, शिक्षक संघका पूर्व केन्द्रीय सदस्य एवम् पूर्व जिल्ला अध्यक्ष अर्जुन चौलागाई लगायतको उपस्थिति रहेको थियो ।