गुगल तस्विर ।

हेटौंडाः मकवानपुरको बकैया गाउँपालिका–९, हर्कपुरस्थित पानीको मुहानमा डुबेर एकजना छारे रोगीको मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय हात्तिसुडेका ईन्चार्ज प्रहरी निरीक्षक दमन तामाङका अनुसार बुधबार बिहान ३३ वर्षीय बद्रिलाल वाईबा मृत भेटिएका हुन् ।

गत शनिबारदेखि परिवारबाट सम्पर्कबिहिन भएका वाईबा बुधबार बिहान मृत भेटिएका हुन् । मृतक वाईबाको शव पोष्टमार्टमका लागि हेटौंडा अस्पताल पठाइएको प्रहरी निरीक्षक तामाङले जानकारी दिनुभएको छ ।