हेटौंडाः प्रजातन्त्र दिवसको अवसरमा नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडा समितिले शहीद स्मारकमा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा दुई सय २५ जना कांग्रेसमा प्रवेश गरेका छन् ।

कांग्रेस ११ नम्बर वडा सभापति विष्णु खनालको सभाध्यक्षता एवम् नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता तथा कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यमा भएको कार्यक्रममा नेता बानियाँले नवप्रवेशीलाई सदस्यता दिई खादा लगाएर पार्टीमा स्वागत गर्नुभएको थियो । कार्यक्रममा कांग्रेसको सूचना तथा प्रचार विभागका केन्द्रीय सदस्य एवम् कलाकार नीर शाह, कांग्रेस नेता यतिराज सापकोटा, नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिका सभापति आनन्दराम पराजुली, नेपाल तरुण दल हेटौंडा उपमहानगर अध्यक्ष सुनिल गिरीलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।