हेटौंडाः मकवानपुरको राक्सिराङ गाउँपालिकाले हलुका सवारी चालक तालिम सञ्चालन गर्ने भएको छ । गाउँपालिकाको आर्थिक वर्ष २०७७/०७८ का लागि स्वीकृत बजेट तथा कार्यक्रमअनुसार अध्यक्ष रोजगार प्रवद्र्धन कार्यक्रमअन्तर्गत् तालिम सञ्चालन गर्न लागिएको हो ।

गाउँपालिका क्षेत्रभित्रका युवाहरुलाई रोजगारी दिने उद्देश्यले तालिम सञ्चालन गर्न लागेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आर्चायले बताउनुभयो । आगामी माघ १९ गतेबाट राक्सिराङ गाउँपालिका वडा नम्बर ५, चैनपुरमा तालिम सञ्चालन गरिनेछ । ३ लाख रुपैयाँ बजेट रहेको तालिम कार्यक्रम १५ दिनसम्म सञ्चालन हुने बताइएको छ ।