हेटौंडाः प्रहरीले मकवानपुरको कैलाश गाउँपालिकाको विभिन्न स्थानमा अवैध लागूऔषध गाँजाखेती नष्ट गरेको छ । प्रहरीले ६ बिगाहा क्षेत्रफलमा लगाइएको लागूऔषध गाँजा खेती फडानी गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय भीमफेदीका ईन्चार्ज प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठको कमाण्डमा प्रहरी जिल्ला प्रहरी कार्यालय मकवानपुर, प्रहरी गण रातोमाटे र दंगा नियन्त्रण प्रहरी गणबाट खटिएको ४४ जनाको संयुक्त प्रहरी टोलीले आइतबार कैलाश गाउँपालिका–१० को गोपिराङ, बेडिघारी, सल्लनी, लगायतका विभिन्न स्थानहरुमा कुल ६ विगाहा क्षेत्रफलमा लगाएको लागूऔषध गाँजाखेती फँडानी गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिनुभएको छ ।