हेटौंडाः नेपाल विद्यार्थी संघ (नेविसंघ) मकवानपुरले केपी शर्मा ओली सरकारले संसद विघटन गर्ने असंवैधानिक कदम र पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्ताको मागसहित बुधबार हेटौंडामा सिट्टी जुलुस निकालेको छ ।
कांग्रेस मकवानपुरको पार्टी कार्यालयबाट सुरु भएको सिट्टी जुलुस बुद्धचोकमा पुगेर कोण सभामा परिणत भएको थियो । सिट्टी जुलुस प्रदर्शनमा कांग्रेस मकवानपुरका उपसभापति विष्णुप्रसाद लामिछाने, प्रवक्ता प्रदीप कोइराला, नेवि संघ केन्द्रीय समितिका महामन्त्री प्रभात दाहाल लगायत विद्यार्थीहरुको सहभागिता रहेको थियो । केही समययता नेपाली कांग्रेस देशव्यापी आन्दोलनमा छ ।