मेघराज सञ्जेललाई सहयोग रकम हस्तान्तरण गर्नुहुँदै मनोज चौलागाई ।

हेटौंडाः पेटको रोगले ग्रसित हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ निवासी मेघराज सञ्जेललाई लियो क्लब अफ हेटौंडा भुटनदेवीका अध्यक्ष एवम् नेकपा वडा नम्बर ६ का सचिवालय सदस्य मनोज चौलागाईको नेतृत्वमा आर्थिक सहयोग गरिएको छ ।

४८ वर्षीय सञ्जेलको आर्थिक स्थिति कमजोर हुँदा स्वास्थ्य उपचारमै समस्या भएपछि चौलागाईले सहयोग गर्नुभएको हो । उपचारका लागि हेटौंडा अस्पताल पुगे पनि उपचार गराउन नपाई बसेका सञ्जेललाई आइतबार चौलागाईले अस्पतालमै पुगेर सहयोग सात हजार रुपैयाँ हस्तान्तरण गर्नुभएको हो । चौलागाईले हेटौंडा अस्पतालमा रहेको सामाजिक सेवा एकाईसँग समन्वय गरी स्वास्थ्य परीक्षण, औषधी निःशूल्क उपलब्ध गराउने व्यवस्था पनि गर्नुभएको छ ।