हेटौंडाः जेसीआई बसामाडीको अध्यक्षमा गौतम केसी निर्वाचित हुनुभएको छ । शुक्रबार सम्पन्न साधारणसभाबाट जेसीआई बसामाडीको २२ औं अध्यक्षको रुपमा गौतम केसी सर्वसम्मत निर्वाचित हुनुभएको हो ।
जेसीआई बसामाडीको कार्यकारिणी उपाध्यक्षमा करण महत्रा र जनकराज भण्डारी निर्वाचित हुनुभएको छ भने उपाध्यक्षमा रोशन पाण्डे, जितेन्द्र तिवारी, सरोज देवकोटा र दिपेन्द्र यादव निर्वाचित हुनुभएको निर्वाचन अधिकृत सरोज अधिकारीले जानकारी दिनुभएको छ ।
शुक्रबार निर्वाचित अध्यक्ष, कार्यकारिणी उपाध्यक्ष र उपाध्यक्षहरुलाई पूर्वअध्यक्षहरुले बधाई एवम् शुभकामना समेत व्यक्त गरेका छन् ।