हेटौंडाः जेसीआई हेटौंडाको अध्यक्षमा तीनजनाले उम्मेदवारी दिएका छन् । शुक्रबार उम्मेदवारी दर्ताको कार्यक्रमअनुसार अध्यक्ष पदका लागि लिसेन बस्नेत, सुधीर दाहाल र पवन कंशाकारले उम्मेदवारी दर्ता गरेका हुन् । यस्तै २ जना कार्यकारिणी उपध्यक्ष पदमा ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

कार्यकारिणी उपाध्यक्ष पदका लागि संग्राम बल लामा, मनोज रिजाल, पुष्पराज पुडासैनी, छतेन्द्र आचार्य, विजय गोपाली र पंकज दास बनियाँले उम्मेदवारी दर्ता गराएका छन् । ४ जना उपाध्यक्ष पदका लागि ९ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

उपाध्यक्ष पदमा गिरिजा अधिकारी, सुजन ढुंगाना, प्रविण गुप्ता, पुजन विडारी, रमेश काफ्ले, राज खड्गी, सुजन ढकाल, सुनिल सुवेदी र अमित आचार्यले उम्मेदवारी दर्ता गराएको जेसीआई हेटौंडाका निवर्तमान अध्यक्ष राजदेव बनियाँले जानकारी दिनुभएको छ । वर्ष २०२१ का लागि नयाँ नेतृत्व चयन गर्न शनिबार मतदानको कार्यक्रम हुनेछ । निर्वाचनमा एक सय १८ जना सदस्यले मतदान गर्नेछन् ।