हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकामा बुधबार वादविवाद प्रतियोगिता सम्पन्न भएको छ । महिला बालबालिका तथा सरोकार केन्द्रको आयोजनामा भएको वादविवाद प्रतियोगितामा मनहरी गाउँपालिकाका ७ वटा माध्यमिक विद्यालयका १४ जना विद्यार्थीहरुले सहभागित जनाएका थिए ।

वादविवाद प्रतियोगितामा सीता मावि प्रथम, राष्ट्रिय मावि सुनाचुरी दोस्रो र महेन्द्र किरण मावि तेस्रो भएको राष्ट्रिय रोटरी माविका शिक्षक साधुराम रिजालले जानकारी दिनुभयो । विजेताहरुलाई रेष्ट मकवानपुरले पुरस्कार प्रदान गरेको छ । प्रतियोगितामा गाउँपालिका अध्यक्ष एकराज उप्रेतीको प्रमुख आतिथ्यता रहेको थियो ।