हेटौंडाः प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा संसद विघटन गर्ने असंवैधानिक एवम् अलोकतान्त्रिक कदमका विरुद्ध नेपाली कांग्रेस मकवानपुरले मकवानपुरको १० वटै स्थानीय तहमा माघ ३ गते हुने विरोध प्रदर्शन तथा विरोधसभाका लागि जिल्ला प्रतिनिधि तोकेको छ । कांग्रेस मकवानपुरको पदाधिकारी बैठकले विरोधसभाका लागि हेटौंडा उपमहानगरपालिकामा कार्यबाहक सभापति विष्णुप्रसाद लामिछाने र थाहा नगरपालिकामा जिल्ला सल्लाहकार जयराम लामिछानेलाई प्रतिनिधि तोकेको छ ।
त्यसैगरी बागमती गाउँपालिकामा जिल्ला कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, बकैया गाउँपालिकामा प्रवक्ता प्रदिप कोइराला, मकवानपुरगढी गाउँपालिकामा सहसचिव रामबाबु बानियाँ र भीमफेदी गाउँपालिकामा सल्लाहकार रिता खनाललाई जिल्ला प्रतिनिधि तोकेको छ । त्यस्तै ईन्द्रसरोवर गाउँपालिकामा जिल्ला सचिव बुद्ध लामा, कैलाश गाउँपालिकामा सल्लाहकार प्रभातकुमार दाहाल, राक्सीराङ गाउँपालिकामा सल्लाहकार उमा दाहाल र मनहरी गाउँपालिकामा प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याललाई जिल्ला प्रतिनिधि तोकेको कांग्रेस मकवानपुरका प्रवक्ता प्रदिप कोइरालाले जानकारी दिनुभयो ।
केपी ओली नेतृत्वको कम्युनिष्ट सरकारले गरेको संसद विघटन, सर्वसत्तावाद, भ्रष्टाचारको विरुद्धमा नेपाली कांग्रेसले यसअघि देशव्यापीरुपमा मंसिर २९ गते विरोध प्रदर्शन, पुस १३ गते १ सय ६५ संघीय निर्वाचन क्षेत्र र पुस २५ गते ३ सय ३० वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन तथा विरोध सभा गरेको थियो । कांग्रेसको विरोधसभाअन्र्तगत माघ ३ देशभरका ७ सय ५३ वटै स्थानीय तहहरु र माघ ८ गते ६ हजार ७ सय ४३ वडाहरुमै विरोध प्रदर्शन एवम् विरोधसभा गर्ने कार्यक्रम रहेको छ ।